Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । संसदीय सुनुवाइ समितिले विभिन्न देश तथा कूटनैतिक नियोगका लागि सिफारिस ६ राजदूतको सर्वसम्मतिले अनुमोदन गरेको छ । समिति सभापति ज्ञानेन्द्रबहादुर कार्कीले बुधबार र बिहीबार भएको २ दिनको संसदीय सुनुवाइपछि प्रस्तावित राजदूतहरूलाई सर्वसम्मतिले अनुमोदन गरिएको जानकारी दिए ।
अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र सङ्घको नेपाल नियोगमा आवासीय प्रतिनिधि तथा राजदूतमा लोकबहादुर थापा, जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय नेपाली नियोगका आवासीय प्रतिनिधिका लागि रामप्रसाद सुवेदी, संयुक्त अरब इमिरेट्सका लागि राजदूतमा तेजबहादुर क्षेत्री संसदीय सुनुवाइबाट भएका हुन् ।
त्यस्तै कुवेतका लागि राजदूतमा घनश्याम लम्साल, थाइल्यान्डका लागि राजदूतमा धनबहादुर ओली र फ्रान्सका लागि राजदूतमा सुधीर भट्टराई अनुमोदन भएका हुन् ।
मन्त्रिपरिषद् बैठकले ६ कूटनीतिक नियोगका लागि असार २६ गते राजदूत सिफारिस गरेको थियो । अनुमोदन भएका उनीहरूलाई अब राष्ट्रपतिले नियुक्त गर्नेछन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij