Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

भत्काएको घर सरकारी भएको पुष्टि

भत्काएको घर सरकारी भएको पुष्टि

  • काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिका–७ मा एक दलितले बनाउँदै गरेको घर सार्वजनिक जग्गामा भएको जिल्ला मालपोत कार्यालयले बताएको छ । साउन ११ गते करण ओखेडाको परिवारले बनाउँदै गरेको घर गाउँलेले भत्काएका थिए । जातीय विभेद गरेर घर भत्काएको ओखेडाको परिवारको आरोप थियो ।

    images
    images
    images

    मालपोत कार्यालयको टोलीले नाप जाँच गर्दा घर बनाउँदै गरेको उक्त जमिन सार्वजनिक भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताए ।

    सार्वजनिक जग्गा भए पनि कानूनविपरीत अभद्र तरिकाले घर भत्काउने काम गरेको भन्दै प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij