
May 02 2025 | २०८२, वैशाख १९ गते
भारतको उत्तराखण्डको चामोली जिल्लाको हेलाङमा घर भत्किँदा दुई नेपाली नागरिकको मृत्यु भएको छ । घटनामा अन्य पाँच जना घाइते भएका छन् । मंगलबार राति करिब ८ बजे दुई तले घर भत्किँदा घरमा सात जना बासिरहेको भारतीय सञ्चारमाध्यम जनाएका छन् ।
द ट्रिब्युन इन्डियाले उनीहरूमध्ये एक जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने एक जनाको बुधबार बिहान उपचारको क्रममा मृत्यु भएको जानकारी दिएको छ ।
घाइते पाँच जनामध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ । क्रसर उद्योग नजिक बनाइएको उक्त घरमा त्यहाँको कामदार बस्ने गरेका थिए । मृत्यु हुनेमा १९ वर्षीय अनमोल र २१ वर्षीय प्रिन्स भनेर मात्र खुलाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij