Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

आइफोन जित्नुभयो भन्दै रकम ठगी गरेको आरोपमा २ पक्राउ

आइफोन जित्नुभयो भन्दै रकम ठगी गरेको आरोपमा २ पक्राउ

  • काठमाडौं । आइफोन पुरस्कार जितेको भन्दै रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको बहुदरमाइ नगरपालिका-८ का ३० वर्षका राजकुमार पण्डित र रौतहटको कटहरिया नगरपालिका- १ का उमेशकुमार यादव रहेका छन् । 

    onlinepatrika
    Arghakhachi

    टिकटक, फेसबुक, ह्वाट्सएप मार्फत लक्की ड्रमा आइफोन जितेको भन्दै एक महिलालाई प्रलोभन देखाएको र भन्सार शुल्कवापत रकम पठाउनुपर्ने भन्दै बैंकमा पैसा हाल्न लगाएर ठगी गरेको आरोपमा प्रहरीको साइबर व्यूरोले उनीहरुलाई पक्राउ गरेको हो ।

    AGNI GROUP

    साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपति रायका अनुसार उनीहरुले जमजम इलेक्ट्रोनिक्सले लक्की ड्र गर्दा आइफोन जितेको भन्दै एक महिलालाई भन्सार वापतको रकम पठाउनुपर्ने भन्दै आफ्नो बैंकखातामा रकम हाल्न लगाएका थिए । 

    ब्यूरोबाट खटिएको टोलीले उनीहरुलाई भदौ ४ गते कुपण्डोलको गुसिंगालबाट पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले ४९ लाख ९५ हजार रुपैयाँ नगद, ७ थान मोवाइल, १८३ थान सिमकार्ड र एउटा राउटर पनि बरामद गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij