Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । सर्वोच्च अदालतमा आजदेखि अटोमेसन प्रणालीद्वारा पेशी तारेख तोक्न सुरू गरिने भएको छ । सर्वोच्च अदालका प्रवक्ता विमल पौडेलका अनुसार आज प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठले अटोमेसनद्वारा पेशी तारेख तोक्ने व्यवस्थाको उद्घाटन गर्नेछन् ।
कर्मचारीले नै पेशी तारेख तोक्दै आएकोमा अबदेखि अटोमेशन प्रणाली लागू हुने भएको हो । २०७८ माघदेखि गोलाप्रथाबाट पेशी तोकिँदै आएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij