Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ज्यान मार्ने उद्योग कसूरका फरार प्रतिवादी पक्राउ

ज्यान मार्ने उद्योग कसूरका फरार प्रतिवादी पक्राउ

  • काठमाडौँ । काठमाडौँबाट ज्यान मार्ने उद्योग कसूरका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका कपन बस्ने रामेछाप मन्थली नगरपलिका ११ ठेगाना भएका ३० वर्षीय निरज मगर भन्ने सुमन थापा मगररहेका छन् । 

    onlinepatrika
    Arghakhachi

    काठमाडौं महानगरपालिका ३१ शंखमुलमा सुरज खडकालाई २०७८ चैत ९ गते दिउँसो धारिलो हतियार खुकुरी प्रहार गरी ज्यान मार्ने उद्योग कसूरमा संलग्न रही फरार रहेका थिए । 

    AGNI GROUP

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं चाबहिलबाट मगरलाई पक्राउ गरेको हो । उनलाई ज्यान मार्ने उद्योग कसूरमा आवश्यक कारवाहीको लागि प्रहरी वृत्त नयाँ बानेश्वर काठमाडौं पठाइएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij