Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

युक्रेनमा रुसी गोलाबारी हुँदा कम्तीमा १७ जनाको मृत्यु

युक्रेनमा रुसी गोलाबारी हुँदा कम्तीमा १७ जनाको मृत्यु

  • पूर्वी युक्रेनस्थित एक सहरको बजारमा रुसी गोलाबारी हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ । रुसी आक्रमणमा १७ जनाको मृत्यु भएको र ३२ जना घाइते भएको युक्रेनका आन्तरिक मन्त्री इहोर क्लिमेन्कोले जनाएका छन् ।

    images
    images
    images

    अधिकारीहरूका अनुसार रुसी आक्रमणमा २० पसल, बिजुली लाइन, प्रशासनिक भवन आदिमा क्षति पुगेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन किभको भ्रमण गरिरहेको बेला रुसको यो हमला भएको थियो । कोस्टियान्टिएनिभकामा आक्रमण भएको ठाउँमा शवहरू देखिएको एसोसिएटेड प्रेस संवाददाताहरूले बताएका छन् ।

    त्यहाँ आकस्मिक कर्मचारीले बजारमा लागेको आगो निभाएका थिए । रूसले निर्दोष मानिसहरूलाई निशाना बनाएर बजारमा आक्रमण गरेको युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताएका छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij