
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौं । अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ । शुक्रबार डलरको मूल्य हालसम्मकै उच्च भएको हो । योसँगै एक अमेरिकी डलरको विनिमय दर खरिद मूल्य १३२ रुपैयाँ ८४ पैसा रहेको छ भने बिक्री मूल्य १३३ रुपैयाँ ३४ पैसा पुगेको छ ।
हिजो बिहीबार डलरको खरिद दर १३२ रुपैयाँ ७२ पैसा र बिक्री दर १३३ रुपैयाँ ३२ पैसा थियो भने गत बुधबार खरिद दर १३२ रुपैयाँ ५७ पैसा र बिक्री दर १३३ रुपैयाँ १७ पैसा थियो । अमेरिकी डलरको विनिमय दर गत बुधबारबाट पछिल्लो तीन दिन लगातार बढेको छ ।
यसअघि १ भदौमा डलरको खरिद मूल्य १३२ रुपैयाँ ७४ पैसा र बिक्री मूल्य १३३ रुपैयाँ ३४ पैसा पुगेको थियो । नेपाल र भारतको स्थिर विनिमय दरको कारण भारतीय रुपैयाँ कमजोर बन्दा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्दछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij