Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

लाखे नाचमा तरवारले औँला काट्ने एक जना युवा पक्राउ

लाखे नाचमा तरवारले औँला काट्ने एक जना युवा पक्राउ

  • काठमाडौँ । कृष्ण जन्माष्टमीमा सुर्खेतको वीरेन्द्रनगरस्थित गणेश चौकमा तरवारले औँला काट्ने एक जना युवा पक्राउ परेका छन् । बिहीबार साँझ वीरेन्द्रनगर–६ गणेश चोकमा लाखे जात्रा भइरहेका बेला झगडा हुँदा तरबारले औँला काट्ने युवकलाई प्रहरीले पक्राउ गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    पक्राउ पर्नेमा वीरेन्द्रनगर–६ खोर्के लाइनका १८ वर्षीय प्रविण नेपाली रहेका छन् । उनीसहितका युवाहरुले लाखे नाचमा प्रयोग गरेको तरवारले वीरेन्द्रनगर–६ बस्ने १८ वर्षीय पृथ्वीसिंह ठकुरीको हातको औंला काटिदिएका थिए ।

    AGNI GROUP

    जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कृष्ण खड्काले ठकुरीको टाउकोमा पनि तरवारले काटेको चोट लागेको बताए ।  उपचारका लागि ठकुरीलाई काठमाडौं पठाइएको छ । घटनामा संलग्न वीरेन्द्रनगर– ६ खोर्के लाइनका १८ वर्षीय शाहीमान पुनमगर र सौरभ मगर फरार छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij