
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई प्रतिष्ठित टाइम म्यागेजिनले सन् २०२३ का विश्वका उदीयमान सय नेताको सूचीमा समावेश गरेको छ ।
वर्ष व्यक्ति, संसारका प्रभावशाली सय व्यक्तिको सूची जारी गर्दै आएको टाइमले सन् २०१९ देखि उदयमान नेताहरुको सूची गर्न थालेको हो ।म्यागेजिनले मेयर बालेन शाहले भविष्यमा आफ्नो क्षेत्रलाई आकार दिने र परिभाषित गर्न सक्ने भन्दै विश्वभरका एक सय उदयमान नेतृत्वको सूची ‘टाइम १०० नेस्क्ट’ मा समावेश गरेको हो ।
शाह स्थानीय तह चुनावमा ६३ हजारभन्दा बढी मत प्राप्त गरि विजयी भएका थिए । बालेनले फोहोर मैला तथा सरसफाईको को उचित प्रबन्ध, स्वच्छ खानेपानी, सफा सडक र संस्कृतिक सम्पदाको संक्षरणसहितको सहरी विकासको प्रतिबद्धता गरेको म्यागेजिनले उल्लेख गरेको छ ।
हरेक वर्ष विभिन्न ६ विधालाई समेटेर म्यागेजिनले विश्वका १०० प्रभावशाली व्यक्तिको सूची सार्वजनिक गर्ने गरेको छ । त्यसमा वैज्ञानिक, विभिन्न संस्थाहरुको प्रमुख कार्यकारी अधिकृत, कलाकार, अन्तरीक्षयात्रीसहितका व्यक्तिहरु रहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij