Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा ८ जना मनोनयन

कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा ८ जना मनोनयन

  • काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मानबहादुर विश्वकर्मासहित ८ जनालाई कांग्रेसको केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका छन् ।  बिहीबार एक विज्ञप्ति जारी गर्दै कांग्रेसले केन्द्रीय कार्यसम्पादनमा सदस्य थप गरेको जानकारी दिएको हो ।

    onlinepatrika
    Arghakhachi

    जारी विज्ञप्तिअनुसार ‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम मानबहादुर विश्वकर्मा (अर्घाखाँची), अर्जुनप्रसाद जोशी (पर्वत), डा. चन्द्र भण्डारी (गुल्मी), शिवप्रसाद हुमागाई (काभ्रेपलाञ्चोक), किरणराज शर्मा पौडेल (बाग्लुङ), भरतकुमार शाह (रुपन्देही), शारदा पौडेल (कास्की) र अनिलकुमार रुंगटा (पर्सा) लाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गर्नुभएको छ,’ भनी उल्लेख गरिएको छ । 

    AGNI GROUP

    note.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij