
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौँ । बझाङमा २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १३ वर्षीय नाबालकलाई प्रहरीले पक्राउ गरेको छ । छबिसपाथिभेरा गाउँपालिकाकी एक महिलालाई आइतबार दिउँसो जबरजस्ती करणी गरि फरार भएका एक नाबालकलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय बझाङले अल्जाइमर भएकी उनलाई जबरजस्ती करणी गरि फरार भएका नाबालकलाई प्रहरीले आइतबार साँझ बालुवाटार नजिक पुरानो घरमा लुकेको अवस्थामा पक्राउ गरेको जनाएको छ । सो नाबालकको बुबाको निधन भइसकेको र आमा नै डोटी गएका बेला यस्तो घटना घटाएको खुल्न आएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij