Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । तनहुँ प्रहरीले सहकारीको झन्डै तीन करोड रुपियाँ ठगी गरेको आरोप लागेका तनहुँको एक सहकारीका प्रबन्धकलाई बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भिमाद नगरपालिका–९ सखेपमा रहेको भानुमति साना किसान कृषि सहकारी संस्था लिमिटेडका प्रबन्धक ५२ वर्षीय चुत्रबहादुर थापा रहेका जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिएका छन ।
थापाले संस्थाको दुई करोड ६९ लाख ७१ हजार नौ सय ६६ रुपियाँ हिनामिना गरेको भनी निजको विरुद्धमा जाहेरी दरखास्त दिएपछि पक्राउ गरिएको खाँडले बताए । तनहुँ जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij