Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

रिगलविरुद्ध रिटको टुंगो दशैंपछि मात्र लाग्ने

रिगलविरुद्ध रिटको टुंगो दशैंपछि मात्र लाग्ने

  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसको अवसरमा आममाफी पाएका गुण्डा नाइको योगराज ढकाल रिगलविरुद्ध सर्वोच्चमा परेको रिटको टुंगो दशैंपछि मात्र लाग्ने भएको छ । 

    onlinepatrika
    Arghakhachi

    बिहीबार सर्वोच्चका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित न्यायाधीशद्धय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासले सुनुवाई गर्दै अर्को पेशी क़ार्तिक १४ लाई तोकेको हो ।

    AGNI GROUP

    न्यायाधीश आनन्दमोहन भट्टराईले ४० प्रतिशत कैद भुक्तान गरेकाको कैद माफी मिनाहा दिन मिल्ने भनेर यसअघि अर्कै मुद्दामा फैसला गरेका कारण आफूले यो रिट हेर्न नमिल्नेइजलास समक्ष जानकारी गराएका थिए । २०७२ असार २८ गते नेपालगञ्जका चेतन मानन्धरको  हत्या भएको थियो ।

    सरकारले उक्त हत्या आरोपमा जिल्ला अदालत बाँकेबाट जन्म कैदको सजया पाएका रिगललाई असोज ३ गते संविधान दिवसको अवसरमा आममाफ दिएको थियो । श्रीमानका हत्यारालाई आममाफी दिएपछि चेतनकी श्रीमती भारतीले सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij