Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । तनहुँमा चितुवाको आक्रमणबाट एक बालिका घाइते भएकी छन् । जिल्लाको आबुखैरेनी गाउँपालिका–१ बरादीमा प्रेमराज गौलीकी ६ वर्षीया छोरी प्रनिशा गौलीमाथि चितुवाले आक्रमण गरेको हो ।
शनिबार साँझ आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा चितुवा आक्रमण गरी घरदेखि अन्दाजी १० मिटर पर लगेको थियो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणका अनुसार घाइते प्रनिशाको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र सत्र सयमा प्राथमिक उपचारपछि थप उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर चितवनमा पठाइएको जानकारी दिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij