Logo

Aug 04 2025 | २०८२, साउन १९ गते

Aug 04 2025 | २०८२, साउन १९ गते

झापामा दुई जना बलात्कृत

झापामा दुई जना बलात्कृत

  • काठमाडौं । झापामा ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । मेचिनगर नगरपालिका–११ बाँसबारी टोल बस्ने २६ वर्षीय करण कुँवरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । करणले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

    images
    images
    images

    यसैगरी १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धनकुटा महालक्ष्मी नगरपालिका–६ घर भई हाल झापा बिर्तामोड नगरपालिका–६ श्यालडाँगी बस्ने २७ वर्षीय प्रकाश तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

    images

    तामाङले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij