Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

पाँच वटा संसदीय समितिको बैठक बस्दै

पाँच वटा संसदीय समितिको बैठक बस्दै

  • काठमाडौं  । आज एकै पटक पाँच वटा संसदीय समितिको बैठक बस्दैछ । बिहान साढे ११ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिको बैठक बस्दैछ । उक्त बैठकमा नेपालमा उत्पादित सुपारी विदेश निर्यात गर्ने सम्बन्धी समस्याका सम्बन्धमा छलफल हुनेछ ।

    onlinepatrika
    Arghakhachi

    बिहान ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा बाल सुधार गृहहरुको अनुगमन सम्बन्धमा छलफल हुनेछ भने बिहान ११ बजे नै राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्नेछ । बैठकमा निर्वाचन आयोगका कामकारवाहीका सम्बन्धमा छलफल हुनेछ ।

    AGNI GROUP

    त्यस्तै बिहान ११ बजे नै बस्ने संसदीय सुनुवाई समितिको बैठकमा प्रश्तावित राजदुतको सुनुवाइ प्रक्रिया प्रारम्भ गर्ने कार्यसूचि रहेको छ । बिहान ११ बजे नै शुरु हुने विधायन व्यवस्थापन समितिको बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० को मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij