Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेपाल विद्युत् प्राधिकरण शनिबार काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुने जानकारी दिएको छ । प्राधिकरणले स्युचाटारदेखि सिंहदरबारसम्मको ६६ केभी लाइन मर्मत गर्नुपर्ने भएकोले विद्युत् आपूर्ति बन्द गर्नुपरेको जनाएको छ ।
सिंहदरबारस्थित के ३ सबस्टेसनबाट आपूर्ति हुने सिंहदरबार परिसर भित्रका सम्पूर्ण कार्यालयहरू, जिल्ला प्रशासन कार्यालय समेत बबरमहल, पुतलीसडक, बागबजार, कमलादी, हात्तीसार, डिल्लीबजार, असन, महाबौद्ध, जमल, घट्टेकुलो, अनामनगर, ज्ञानेश्वर, नक्साल, सेतोपुल, रातोपुल क्षेत्रमा शनिबार बिहान विद्युत् आपूर्ति प्रभावित हुने भएको हो ।
बिहान ७ बजेदेखि ११ बजेसम्म माथि उल्लेखित क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले एक सूचना जारी गर्दै जानकारी दिएको हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij