
May 25 2025 | २०८२, जेठ ११ गते
काठमाडौँ । भाटभटेनीका प्रबन्ध निर्देशक एवं सञ्चालक मीनबहादुर गुरुङले जाजरकोट र रुकुमका भूकम्प पीडितका लागि १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ प्रदान गरेका छन् । भाटभटेनीका तर्फबाट गुरुङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भटेर गुरुङले पत्नी सावित्री गुरुङसहित उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका छन् । उनले भाटभटेनीका तर्फबाट भूकम्प पीडितलाई खाद्यसामग्री पनि प्रदान गर्ने निर्णय भएकोसमेत प्रधानमन्त्रीलाई जानकारी गराएका छन् । यसअघिका भूकम्प, कोभिड, बाढीपहिरो लगायतका दैवी विपत्तिमा पनि भाटभटेनीले मानवीय सहयोग गर्दै आएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij