Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । महोत्तरीको जलेश्वर नगरपालिका- ८ सानो रतवाडामा अज्ञात समूहले लुटपाट गरेको छ । गएराति १ बजेतिर जयकिशोर चौधरीको घरबाट हतियारधारी समूहले सुन, नगद लगायत लुटपाट गरेको स्थानीयको भनाइ उद्धृत गर्दै महोत्तरी प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार चौधरीले आफ्नो घरबाट एक लाख रुपैयाँ नगद, ४० तोला बढी सुनका गरगहना, अढाइ किलो चाँदीका गहना, एक लाख ७५ हजार मूल्य बराबरको मोबाइल फोन समेत गरी ५० लाख बढी लुटपाट भएको बताएका छन् । सो क्रममा उनीहरुले घरका सदस्यहरुलाई कुटपिटसमेत गरेका थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij