Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । हजुरबुवाको हत्या गरेको आरोपमा छोरीपट्टीका नाति पक्राउ परेका छन् । पर्साको ठोरी गाउँपालिका २ डाँडाटोल बस्ने ८५ वर्षीय लक्ष्मण तामाङको हत्या गरेको अभियोगमा उनका नाति सोही ठाउँ बस्ने ३५ वर्षीय कृष्ण खड्कालाई प्रहरीले गरेको हो ।
आफ्नै आँगनमा लठ्ठीले कोदो चुटिरहेको अवस्थामा लक्ष्मणले लठ्ठी मागेको कारण कृष्णले लठ्ठी प्रहार गर्दा गम्भीर घाइते भएका लक्ष्मणको स्वास्थ्य चौकी ठोरीमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरीले जंगलमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij