Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

  • काठमाण्डौ । मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका डिएसपी लक्ष्मी भण्डारीले बिहीबार दिउँसो १ बजे मकवानपुरगढी गाउँपालिका–२ धवाडी पुलस्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा आमा–छोराको मृत्यु भएको जनाएको छ । 

    onlinepatrika
    Arghakhachi

    सुकौराबाट कान्तिलोकपथतर्फ जाँदै गरेको प्रदेश ३–०२–०१२ प ६९११ नं. को मोटरसाइकल अनियन्त्रित भएर पुलछेउबाट अन्दाजी १० मिटर तल खसेको हो। दुर्घटनामा चालक मकवानपुरगढी–२ कुर्लेपाखा बस्ने अन्दाजी ३५ वर्षीय भीमबहादुर स्याङतानको टाउकोमा चोट लागेको छ।

    AGNI GROUP

    उनलाई उपचारको लागि हेटौंडा अस्पतालमा प्रारम्भिक उपचारपछि चितवनस्थित पुरानो मेडिकल कलेज लगिएको छ । डिएसपी भण्डारीले मोटरसाइकलमा सवार उनकी श्रीमती ३४ वर्षीया रूपा र अन्दाजी ४ महिने बालकको घटनास्थलमै मृत्यु भएको बताए ।

     

    चितवन पुरानो मेडिकल कलेज

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij