Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

मुख्यमन्त्री कार्कीले तीन मन्त्रीलाई दिए जिम्मेवारी

मुख्यमन्त्री कार्कीले तीन मन्त्रीलाई दिए जिम्मेवारी

  • काठमाडौँ । कोशी प्रदेश सरकार गठन भएको डेढ महीनापछि तीन जना मन्त्रीले जिम्मेवारी पाएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री केदार कार्कीको सिफारिशमा तीन जना मन्त्रीलाई जिम्मेवारी दिएका हुन् ।

    images
    images
    images

    नेपाली कांग्रेसबाट शम्शेर राई, नेकपा (माओवादी केन्द्र)बाट गणेशप्रसाद उप्रेती र नेकपा (एकीकृत समाजवादी) बाट कमलप्रसाद जवेगू मन्त्री बनेका हुन् । आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी शम्शेर राईले पाएका छन् भने गणेशप्रसाद उप्रेतीलाई पर्यटन, वन तथा वातावरण र कमलप्रसाद जवेगूलाई भौतिक पूर्वाधा विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । 

    सरकारले अझै पनि पूर्णता पाउन सकेको छैन । मुख्यमन्त्री कार्कीले पाँच वटा मन्त्रालय सम्हालिरहेका छन् । असोज २७ गते उनी मुख्यमन्त्री बनेका थिए । कांग्रेसका आठ सांसद र नेकपा (एमाले)का ३९ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले माओवादी र एकीकृत समाजवादीलाई लिएर सरकार गठन गरेका थिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij