
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौँ । ईसेवा मनि ट्रान्स्फरको रेमिट्यान्स सेवा कतारको अल फरदान एक्सचेन्जबाट पनि सुरु भएको छ । ईसेवा मनि ट्रान्सफरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत, अजेश कोईराला र अल फरदान एक्सचेंजको तर्फबाट, महाप्रबन्धक, बशर मोहम्मद अल वक्फीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
यो साझेदारीले रेमिट्यान्स सेवाहरूमा पहुँच र दक्षता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ । साथै कतारमा बसोबास तथा काम गर्दै आएका नेपालीहरूले अल फरदान एक्सचेन्जको १६ शाखाहरू, वा मोबाइल एपबाट नेपालमा ईसेवा मनि ट्रान्स्फर मार्फत रेमिट्यान्स पठाउन सक्नेछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij