Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ईसेवा मनि ट्रान्स्फर र कतारको अल फरदानबिच भुक्तानी सम्झौता

ईसेवा मनि ट्रान्स्फर र कतारको अल फरदानबिच भुक्तानी सम्झौता

  • काठमाडौँ । ईसेवा मनि ट्रान्स्फरको रेमिट्यान्स सेवा कतारको अल फरदान एक्सचेन्जबाट पनि सुरु भएको छ । ईसेवा मनि ट्रान्सफरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत, अजेश कोईराला र अल फरदान एक्सचेंजको तर्फबाट, महाप्रबन्धक, बशर मोहम्मद अल वक्फीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    यो साझेदारीले रेमिट्यान्स सेवाहरूमा पहुँच र दक्षता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ । साथै कतारमा बसोबास तथा काम गर्दै आएका नेपालीहरूले अल फरदान एक्सचेन्जको १६ शाखाहरू, वा मोबाइल एपबाट नेपालमा ईसेवा मनि ट्रान्स्फर मार्फत रेमिट्यान्स पठाउन सक्नेछन् । 

    AGNI GROUP
    अल फरदान एक्सचेन्जबाट पठाएको रेमिट्यान्स ईसेवा मनि ट्रान्स्फरका १३,८०० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख भन्दा बढी क्यास प्वाइन्ट, बैंक तथा वित्तीय संस्थाहरू साथै ईसेवा वालेटबाट सहजै प्राप्त गर्न सकिनेछ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij