
May 03 2025 | २०८२, वैशाख २० गते
काठमाडौं । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार र रजिष्टार उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन् । न्याय परिषदले मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेललाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो ।
आज बिहान बसेको न्याय परिषदको बैठकले उच्च अदालतमा न्यायाधीश नियुक्तिको निर्णय गरेको हो । कुँवर उच्च अदालत पाटन र पौडेल उच्च अदालत पोखरामा न्यायाधीश नियुक्तिका लागि सिफारिस भएका हुन् ।
उच्च अदालतमा हाल ३९ न्यायाधीशको पद खाली छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij