
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन मार्फत राष्ट्र बैंकले २० अर्ब खिच्ने भएको छ । अधिक तरलता व्यवस्थापन गर्न भन्दै राष्ट्र बैंकले २० अर्ब रूपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको हो ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म बोलकबोल मार्फत आवेदन दिन सक्ने राष्ट्र बैंकले जनाएको थियो । राष्ट्र बैंकले ७ दिनका लागि उक्त उपकरण प्रयोग गर्दै माघ ४ मा यसको साँवा र ब्याज भुक्तानी हुने बताएको छ ।
निक्षेपको ब्याजदर बोलकबोलबाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जाने गरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij