Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

राष्ट्रियसभा निर्वाचन : आज राति १२ बजेपछि प्रचारप्रसार निषेध

राष्ट्रियसभा निर्वाचन : आज राति १२ बजेपछि प्रचारप्रसार निषेध

  • काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि आज मध्यरातिदेखि प्रचारप्रसार गर्न नपाइने भएको छ । निर्वचान आचारसंहिताले मतदान हुने दिनको अघिल्लो ४८ घण्टा अर्थात् आज राति १२ बजेदेखि प्रचारप्रसार गर्न रोक लगाएको हो ।

    onlinepatrika
    Arghakhachi

    रातिदेखि कुनै पनि विधि, प्रकृया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न पाइने छैन । राष्ट्रिय सभा निर्वाचन माघ ११ गते हुँदैछ । 

    AGNI GROUP

    सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न गराउन पनि आचारसंहिताले रोक लगाएको छ ।

    आज रातिदेखि कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी पनि गर्न पाइने छैन ।

    यसैगरी आजसम्ममा मतदानस्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री पनि हटाउनुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij