Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । माओवादी जनयुद्धका पूर्वलडाकु कमाण्डर जीतमान पुन ‘मार्शल’ पक्राउ परेका छन ।
पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले उनको पक्राउ प्रति आपत्ति जनाएका हुन् ।
‘पूर्व जनमुक्ति सेनाका ब्रिगेड कमाण्डर तथा नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य जीतमान पुन ‘मार्शल’ (पूर्वी रूकुम) लाई जनयुद्धकालीन मुद्दामा गिरफ्तार गरिएकोमा नेसपाको घोर आपत्ति छ’, उनले भनेका छन, ‘हामी यो घटनाको तीब्र भर्त्सना गर्दछौं र यसबारे तुरून्त आवश्यक कदम चाल्न जनयुद्धका सुप्रिम कमाण्डार तथा वर्तमान प्रधानमन्त्रीसंग जोडदार माग गर्दछौं ।’
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij