Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । वीरगंज महानगरका मेयर राजेशमान सिंहविरुद्ध अर्को जाहेरी दर्खास्त दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय पर्सामा किर्तेगरि बनाइएको नागरिकता छानविन भइरहेकै बेला मेयर सिंहमाथि सोमबार सरकारी कागजातसमेत किर्ते गरेको भन्दै जाहेरी दर्ता भएको हो ।
वीरगंज महानगरपालिका-३ निवासी नेकपा एमालेका प्रदेश सदस्य लियाकत अलिले मेयर सिंहले बुबा भनेर नागरिकता दिलाएको रुविना भट्टराई श्रेष्ठकी आमा रिता भट्टराईले मेयर सिंहको बचाउमा अदालतमा पेस गरेको कागजातसमेत फर्जी रहेको प्रमाणसहित जाहेरी दर्ता गरेका हुन् ।
रिता भट्टराईकी छोरी रुविनाको जन्मदर्तामा हस्ताक्षर गरेका तत्कालीन पञ्जिकाधिकारी भिखारी रायले आफ्नो नाम र हस्ताक्षरको दुरुपयोग गरी किर्ते गरेर जन्मदर्ता प्रमाणपत्र बनाएको एक भिडियो सार्वजनिक गरी बताएका छन् ।
१२, ८२७ दर्ता नम्बर रहेको उक्त जाहेरी दरखास्त बुझ्दै प्रहरीले आवश्यक अनुसन्धान गरी वास्तविकता बुझि कानुन बमोजिम कारवाही प्रक्रिया अगाडी बढाउने प्रतिवद्धता तथा आश्वासन व्यक्त गरेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij