
May 03 2025 | २०८२, वैशाख २० गते
काठमाडौं । बालुवाटारमा प्रदर्शन गर्न पुगेका लघुवित्तपीडित र प्रहरीबीच धकेलाधकेल भएको छ ।
प्रदर्शनकारीहरूले राष्ट्रबैंक अगाडिको निषेधित क्षेत्र तोडेर अगाडि बढ्न खोजेपछि प्रहरीले रोकेको थियो । त्यसपछि प्रहरी र प्रदर्शनकारीहरू बीच धकेलाधकेल भएको हो ।
निषेधित क्षेत्र तोड्ने केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमोध ढुंगेलका अनुसार ११ जना पुरूष र २ जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij