Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

आज ४२ औँ मगर एकता दिवस मनाइँदै

आज ४२ औँ मगर एकता दिवस मनाइँदै

  • काठमाडौं । देशैभरका मगर समुदायले आज ४२ औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदै छन् ।

    onlinepatrika
    Arghakhachi

    २०३९ साल फागुन १५ गते स्वर्गीय हेमबहादुर पुनको अध्यक्षतामा तनहुँमा नेपाल लाङ्घाली परिवार सङ्घको प्रथम अधिवेशन भएको थियो । त्यसैको सम्झनामा मगर सङ्घ र सम्बन्धित सङ्घ–संस्थाले एकता दिवसको रुपमा मनाउँदै आएका छन् ।

    AGNI GROUP

    मगर सङ्घका पूर्व केन्द्रीय अध्यक्ष नवीन रोकामगरका अनुसार २०१२ सालमै मगर समाज सुधार समितिको नाममा गुल्मीको भार्सेमा मगरहरुको पहिलो सङ्गठन बनेको भनिए पनि मगर सङ्घले २०३९ साल फागुन १५ लाई नै स्थापना दिवसको रुपमा मनाउने गरेको  छ ।

    दिवसमा आज विभिन्न पालिकाले स्थानीय बिदा दिएका छन् । पाल्पाका सबै पालिकामा आज स्थानीय बिदा छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)का विभिन्न ठाउँमा पनि सांस्कृतिक झाँकी प्रदर्शनलगायतका कार्यक्रम हुँदैछन् । बर्दघाट सुस्तापूर्वका आठवटै पालिकामा बिदा छ ।

    अर्घाखाँचीको शितगंगा नगरपालिकाले पनि आज बिदा दिएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा मगर समुदायको जनसङ्ख्या २० लाख १३ हजार चार सय ९८ रहेको छ । यो कुल जनसङ्ख्याको ६ दशमलव ९ प्रतिशत हो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij