Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सेञ्चुरी बैंक र देउराली सहकारीको त्यो कनेक्सन !

सेञ्चुरी बैंक र देउराली सहकारीको त्यो कनेक्सन !

  • काठमाडौं । तत्कालीन सेञ्चुरी कमर्सियल बैंकले ऋण प्रवाहमा हिनामिना गरेको आरोपमा समातिएका बैंक कर्मचारीहरुसँग प्रहरीले बयान लिन सुरु गरेको छ । उच्च अदालत पाटनबाट मंगलबार सात दिनको म्याद लिएको प्रहरीले बुधबारबाट उनीहरुसँग बयान सुरु गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    अनुसन्धानमा सक्रिय प्रहरीले देउराली बहुउद्देश्यीय सहकारी संस्थामा अनुसन्धान गर्ने क्रममा जोडिएको घटना भएको दाबी गरेको छ ।

    AGNI GROUP

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले सेञ्चुरीका तत्कालीन प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम, मनोज न्यौपाने (हाल प्रभु बैंकका डेपुटी सीइओ) का साथै अन्य कर्मचारी सबिन घिमिरे, अनुपमा श्रेष्ठ मानन्धर, सुनील बस्नेत, सुभाषबहादुर श्रेष्ठ, दीलिप बराल, दीपेश प्रधान, राजेश भण्डारी र रमण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको थियो ।

    कर्मचारी पक्राउ गरेको विषयमा बैंकर्सहरुले आपत्ति जनाएका छन् । प्रहरीले बैंकिङको मूल्यमान्यता नबुझी पक्राउ गरेको उनीहरुको आरोप छ । बैकर्सहरुको यो आरोपसँगै अनुसन्धानमा सक्रिय प्रहरीले देउराली बहुउद्देश्यीय सहकारी संस्थामा अनुसन्धान गर्ने क्रममा जोडिएको घटना भएको दाबी गरेको छ । प्रहरी स्रोतका अनुसार तत्कालीन समयमा बैंकले गरेको अनेक भित्री कारोबारको समेत अनुसन्धान भइरहेको छ । 

    देउराली सहकारीले बचतकर्ताको रकम हिनामिना गरेपछि त्यसका अध्यक्ष रवीन्द्र चौलागाईंलाई पक्राउ गरेको थियो । चौलागाईंका चारवटा संस्थालाई बैंकका कर्मचारीको मिलेमतोमा कम भ्यालुएसन भएको धितो देखाएर ऋण प्रवाह गरिएको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । १ अर्ब १४ करोड २३ लाख ८४ हजार २५८ रुपैयाँको धितो भ्यालुएसन हुँदा बैंकले २ अर्ब ११ करोड ६५ लाख ५५ हजार ७३१ रुपैयाँ ऋण प्रवाह गरेको प्रहरीले जनाएको छ । यसमध्ये ९७ करोड ४१ लाख ७० हजार रुपैयाँ ओभर भ्यालुएसन देखिएको प्रहरीको भनाइ छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij