Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

मन्त्रीहरूलाई सघाउन विज्ञ समूह बनाउने रास्वपाको निर्णय

मन्त्रीहरूलाई सघाउन विज्ञ समूह बनाउने रास्वपाको निर्णय

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पार्टीबाट मन्त्री बनेकाहरूलाई सघाउन सम्बन्धित विषयमा विज्ञता हासिल गरेका र अनुभव भएकाहरूको समूह बनाउने निर्णय गरेको छ ।

    images
    images
    images

    आइतबार बसेको मन्त्रीहरू र पार्टीबीच समन्वय गर्न गठित डा.स्वर्णिम वाग्ले नेतृत्वको समन्वय समितिको बैठकले आफ्नो पार्टीबाट मन्त्री भएकाहरूलाई सघाउन विज्ञ समूह बनाउने निर्णय गरेको हो ।

    महामन्त्री ढकाल र शिशिर खनाल सदस्य रहेको सो समितिले सरुवा, बढुवा तथा नियुक्तिको अनुचित सिफारिस गर्नेलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्ने पनि निर्णय गरेको छ ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, सुमना श्रेष्ठ शिक्षा विज्ञान तथा प्रविधि मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्रीको रूपमा सहभागी भएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij