Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । पुल्चोकस्थित हरिहर भवनमा रहेको मन्त्री निवासलाई खेलाडी आवास बनाइने भएको छ । युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले मन्त्री निवासलाई खेलाडी आवास बनाउने योजना राष्ट्रिय स्वतन्त्र पार्टीले सामाजिक सञ्जालमार्फत् उक्त योजना सार्वजनिक गरेको छ ।
यसअघि राष्ट्रिय खेलकुद परिषदले मन्त्री निवासलाई खेलाडी आवास बनाउन प्रस्ताव गरेको थियो ।
परिषद्का सदस्य–सचिव एवं समितिका संयोजक टंकलाल घिसिङले राज्यले नेपालमा आयोजित अन्तर्राष्ट्रिय तथा नेपालले भाग लिएका विभिन्न प्रतियोगितामा बन्द प्रशिक्षणका दौरान होटल तथा बसोबास खर्चबापत ठूलो धनराशि खर्च गर्दै आएको भन्दै बाध्यात्मक अवस्था अन्त्य गर्न प्रस्ताव अघि सारेको बताएका थिए ।
घिसिङले मन्त्री निवासलाई खेलाडी आवासमा विकास गर्न सके विभिन्न खेलका खेलाडीको बन्द प्रशिक्षणका बेला एउटै होटलमा खेलाडीलाई राख्न नसक्ने अवस्थाको अन्त्य हुने उनको भनाइ थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij