Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

आईसीसीका अध्यक्षको प्रधानमन्त्री प्रचण्डसँग भेट

आईसीसीका अध्यक्षको प्रधानमन्त्री प्रचण्डसँग भेट

  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग इन्टरनेशनल क्रिकेट काउन्सिल (आईसीसी)का अध्यक्ष जर्ज बार्क्लेले शिष्टाचार भेट गरेका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच भएको भेटमा नेपालको क्रिकेट विकासका विविध विषयमा छलफल भएको थियो ।

    onlinepatrika
    Arghakhachi

    सो अवसरमा प्रधानमन्त्री प्रचण्डले आईसीसीका अध्यक्षको नेपाल भ्रमणले नेपाली क्रिकेटले प्राथमिकता र महत्त्व पाएको बताए ।

    AGNI GROUP

    ‘नेपाल सरकारले क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको योजनाका रूपमा निर्माण गर्ने निर्णय गरेर क्रिकेट पूर्वाधारलाई निकै प्राथमिकता दिएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सन् २०२७ को ‘यु–१९ वुमन वर्ल्ड कप’ का लागि नेपाल सरकारले निकै महत्त्व दिएको छ । आइसीसीबाट पनि महत्त्वपूर्ण सहयोग हुने अपेक्षा गरेका छौँ ।’

    अध्यक्ष बार्क्लेले नेपालको क्रिकेट क्षेत्रको विकासका लागि आईसीसीले सहयोग गर्ने बताएका थिए । भेटमा नेपाल सरकारका मुख्य सचिव डा. बैकुण्ठ अर्याल र नेपाल क्रिकेट संघका पदाधिकारीको सहभागिता रहेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij