Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । प्रतिनिधि सभाको बैठक आगामी चैत १८ गतेसम्मका लागि स्थगित भएको छ ।
सभामुख देवराज घिमिरेसहित दलका प्रमुख सचेतकहरू अन्तर व्यवस्थापिका संघ (आइपियू)को बैठकमा सहभागी हुन स्वीट्जरल्याण्ड जाने भएपछि बैठक १० दिनका लागि स्थगित गरिएको हो । यहि चैत १० गतेदेखि १४ गतेसम्म जेनेभामा हुने आइपीयूको १४८औं सम्मेलनमा भाग लिन सभामुख घिमिरेसहित १० जनाको टोली त्यसतर्फ प्रस्थान गर्दैछन् ।
भ्रमण टोलीमा घिमिरेसहित नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेकपा माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार, राष्ट्रिय सभा सांसद गंगा बेलबासे, संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय, प्रवक्ता एकराम गिरी, संसदको अन्तर्राष्ट्रिय शाखाका प्रदिप गुरागाईं र सभामुख घिमिरेका स्वकीय सचिव तेज प्रकाश भट्टराई छन् ।
टोली बिहीबार त्यसतर्फ प्रस्थान गर्नेछ भने चैत १६ गते स्वदेश फर्किने कार्यक्रम छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij