Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

एमाले सिन्धुपाल्चोकको अध्यक्षमा श्रेष्ठ निर्वाचित

एमाले सिन्धुपाल्चोकको अध्यक्षमा श्रेष्ठ निर्वाचित

  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुपाल्चोकको अध्यक्षमा होमनारायण श्रेष्ठ निर्वाचित भएका छन् । मंगलबार सम्पन्न मतगणनामा श्रेष्ठ तीन सय ६३ सहित निर्वाचित भएको निर्वाचन समितिका संयोजक शारदाप्रसाद सापकोटाले जानकारी दिए । श्रेष्ठका प्रत्यासी कमल नेपालले तीन सय ४९ मत प्राप्त गरे ।

    onlinepatrika
    Arghakhachi

    नयाँ नेतृत्वका लागि भएको मतदानमा कुल सात सत १३ खसेको थियो । चौताराको आहालडाँडामा मतदान प्रक्रिया सकिएपछि एमाले पार्टी कार्यालयमा मतगणना भएको थियो ।

    AGNI GROUP

    उपाध्यक्षमा तीन सय ४५ मतसहित अर्जुनकुमार भण्डारी निर्वाचित भए । उनका प्रत्यासी विष्णुमणि आचार्यले तीन सय सात मत प्राप्त गरे ।

    सचिवमा कृष्णगोपाल तामाङ चार सय तीन मतसहित विजयी भए भने प्रत्यासी यज्ञराज सापकोटाले दुई सय ७० मत पाए ।उपसचिव खुलातर्फ शिवहरि सापकोटाले तीन सय ३६ मतसहित विजयी हुँदा प्रत्यासी विजयकृष्ण श्रेष्ठले तीन सय १३ मत पाए ।

    महिलातर्फ सुशीला पाख्रिनले चार सय ५६ मत प्राप्त गरी विजयी हुँदा प्रत्यासी शोभा कार्कीले दुई सय आठ मत प्राप्त गरिन् ।जनजाति खुलातर्फ दुई सदस्यमा उम्मेदवारी नै परेन ।

    विभिन्न क्लष्टरबाट ५६ जना सदस्य निर्विरोध चुनिएका थिए । पदाधिकारीसहित ४४ पदमा चुनाव भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

    अधिवेशनमा सात सय ४७ जना प्रतिनिधि थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij