Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

इलाम-२ मा चुनाव लड्ने उम्मेदवारहरुको नाम सार्वजनिक

इलाम-२ मा चुनाव लड्ने उम्मेदवारहरुको नाम सार्वजनिक

  • काठमाडौं । निर्वाचन आयोगले इलाम-२ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    मनोनयन दर्ता गरेका २० जनामध्ये स्वतन्त्र उम्मेदवार केशवकुमार चापागाईंले उम्मेदवारी फिर्ता लिएपछि १९ जनाको अन्तिम नामावली प्रकाशन गरेको आयोगले जनाएको छ ।

    AGNI GROUP

    अन्तिम नामावलीमा नेपाली कांग्रेसका डम्बरबहादुर खड्का, एमालेका सुहाङ नेम्वाङ, रास्वपाका मिलन कुमार योङहाङ लिम्बू तथा पहिचान पक्षधरका साझा तथा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिं लिम्बू(थेगिम), नेकपा समाजवादीका जितबहादुर राई र राप्रपाका युवा लक्ष्मी गुरुङ छन् ।

    साथै, राप्रपा नेपालका उम्‍मेदवार गणेशबहादुर चौहान, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, मंगोल नेशनल अर्गनाईजेसनका मनिबहादुर लिम्बू, नेशनल रिपब्लिक नेपाल पार्टीका धनराज राना मगर, नेपाल मजदुर किसान पार्टीका श्यामकुमार दर्जी, नेपाली जनता दलका रेशम बहादुर सुनार, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल पार्टीका जसवन्त विक्रम शाहको नाम पनि प्रकाशित भएको छ ।

    स्वतन्त्र उम्मेद्वारी दिएका डाँकप्रसाद गौतम, दिपेश बोहोरा, डकेन्द्रसिं लिम्बू(थेगिम), अर्जुनबहादुर शाही, मनोज निरौला, योगेन्द्र गुरुङ, राज बस्यालको नाम पनि अन्तिम नामावलीमा समावेश छ ।

    उम्मेदवारविरूद्ध आइतबारसम्म उजुरी गर्ने समय रहे पनि कुनै पनि उजुरी नपरेको निर्वाचन कार्यालयले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij