Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

कवाडी गोदामबाट ५३ राउण्ड गोली बरामद

कवाडी गोदामबाट ५३ राउण्ड गोली बरामद

  • काठमाडौं । सर्लाहीमा एक कवाडीको गोदामबाट ५३ राउण्ड गोली प्रहरीले बरामद गरेको छ । मलंगवा नगरपालिका–८ गोरखकालीस्थित कवाडीको सामानहरू राखिएको स्थानबाट ५३ राउण्ड गोली प्रहरीले बरामद गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    उक्त स्थानमा हात हतियारमा प्रयोग हुने गोली माटो मुनी गाडेर राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले स्थानीय जन प्रतिनिधि समेतको रोहवरमा सो स्थान खनी हेर्दा पेस्तोलमा प्रयोग हुने उक्त गोली फेला पारेको हो ।

    AGNI GROUP

    गोली कसले कुन प्रयोजनका लागि राखेको हो भन्ने अहिलेसम्म केही खुल्न नसकेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij