Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अमेरिका पठाइदिन्छु भन्दै ८० लाख ठगी गर्ने दुई जना पक्राउ

अमेरिका पठाइदिन्छु भन्दै ८० लाख ठगी गर्ने दुई जना पक्राउ

  • काठमाडौं । वैदेशिक रोजगारका लागि स्लोभाकिया र संयुक्त राज्य अमेरिका पठाइदिन्छु भनेर रू ८० लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    पक्राउ पर्नेमा रूकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिका-११ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका-१० बस्ने सन्ध्या लामा बुढामगर र म्याग्दी मङगला गाउँपालिका-२ घर भई हाल ललितपुर महानगरपालिका नखिपोट बस्ने उदिमबहादुर पुन रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

    AGNI GROUP

    उनले भने, “सन्ध्या लामा बुढामगरले स्लोभाकिया पठाइदिने भन्दै रू दुई लाख तथा उदिमबहादुर पुनले अमेरिका पठाइदिने भनेर रू ७८ लाख रकम लिएका उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।”

    उनीहरूमाथि प्रहरीले थप अनुसन्धान गर्ने र आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको पनि प्रवक्ता रेग्मीले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij