
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौं । एमाले संसदीय दलका नेता हिक्मत कार्कीले कोशी प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन् । उनले बिहीबार बिहान प्रदेश प्रमुख परशुराम खापुङसमक्ष दाबी पेस गरेका हुन् ।
प्रदेख प्रमुख खापुङले बुधबार राति नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरेका थिए । उनले संविधानको धारा १६८ (५) अनुसारमा मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए ।
हिक्मत कार्कीलाई प्रदेश सभाको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रको पनि समर्थन छ । एमाले र माओवादी केन्द्र मिलेर नै मुख्यमन्त्री केदार कार्कीलाई अपदस्थ गर्न भूमिका खेलेका थिए । कार्की यसअघि पनि दुई पटक कोशीको मुख्यमन्त्री भइसकेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij