Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अमेरिका यात्रामा ‘१९७४ एडी

अमेरिका यात्रामा ‘१९७४ एडी

  • काठमाडौं । नेपाली रक ब्यान्ड ‘१९७४ एडी’ले स्थापनाको ३० वर्ष पुगेको अवसरमा देश तथा विदेशमा सांगीतिक कार्यक्रम गर्न लागेको छ।

    onlinepatrika
    Arghakhachi

    स्कूल पढाइरहेका शिक्षकहरू मिलेर सन् १९९४ मा ब्यान्ड स्थापना भएको थियो। तीन दशक पारे गरेको अवसरमा ब्यान्डले सन् २०२४ लाई विशेष वर्षको रूपमा मनाउन लागेको व्यवस्थापक तथा पर्कसनिस्ट सञ्जय श्रेष्ठले बताए।

    AGNI GROUP

    यो ब्यान्डले २० वर्षपछि अमेरिका यात्रा गर्न लागेको श्रेष्ठले बताए। ११ मेमा मिनिसोटाबाट शुरू हुने कन्सर्ट ८ जुनमा सियाटलमा समापन हुनेछ। त्यसपछि जापान, अस्ट्रेलिया लगायत देशको यात्रा शुरू हुने उनले बताए। 

    यो सांगीतिक यात्राको शुरूआत अमेरिकाबाट गर्न लागेको छ। अमेरिकाका ६ वटा शहरमा हुने कन्सर्टका लागि ब्यान्ड सदस्य निराकार याकथुङ्बा, मनोजकुमार केसी र संजय श्रेष्ठ अमेरिका पुगेका छन्। बाँकी तीन सदस्य फिरोज स्याङ्देन, एड्रियन प्रधान र मनोज सिंह अमेरिकामै बस्छन्।

    यसअघि ब्यान्डले आर्टमान्डुसँगको सहकार्यमा ‘हजार सपना’ म्युजिक भिडिओ सार्वजनिक गरेको छ। सन् २०१६ मा ‘हजार सपना’ अल्बममा रहेको प्रज्वल मुखियाको स्वरमा रहेको गीत नयाँ सङ्गीत संयोजनसहित सार्वजनिक गरिएको श्रेष्ठले बताए।

    भोकलिस्ट एड्रियन प्रधान र फिरोज स्याङ्देनले संगीत संयोजन गरेका छन् भने मनोज सिंह नेवाले बाँसुरी बजाएका छन्। अनुप पहाडीले लेखेको ‘हजार सपना’ गीतले देशबाहिर रहेका नेपालीको कथा भनेको छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij