Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कीर्तिपुरमा २ समूहबीच खुकुरी हानाहान...

कीर्तिपुरमा २ समूहबीच खुकुरी हानाहान...

  • काठमाडौं । कीर्तिपुरमा २ समूहबीच झगडा हुँदा १ जना घाइते भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार जेठ २ गते साँझ ७ बजे कीर्तिपुर नयाँबजारमा तपेन्द्रराज खाती र धनेश्वर खड्काको समूहबीच खुकुरी हानाहान थियो ।

    onlinepatrika
    Arghakhachi

    तपेन्द्रराज र धनेश्वरबीचको पुरानो रिसइबीका कारण दुई समूहबीच झडप भएको हुनसक्ने प्रहरीको भनाइ छ । दुई समूहबीच झडप हुँदा तपेन्द्रराज खातीले कीर्तिपुर चिट्टुबिहार घर भएका २४ वर्षीय साजिस श्रेष्ठलाई खुकुरी प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।

    AGNI GROUP

    खुकुरी प्रहारबाट श्रेष्ठको बाँया हातमा पूर्ण क्षति पुगेको बताइएको छ । खाती कैलालीको घोडाघोडी नगरपालिका–१० घर भइ च्यासल बस्दै आएका छन् ।

    खुकुरी हानाहान गरेको आरोपमा ९ जनालाई पक्राउ परेका छन्। बागमती प्रदेश-०२-०४० प ४०४७ नम्बरको होण्डा हर्नेट मोटरसाइकल र अल्फाबेट नखुलेको ८४०२ नम्बरको पल्सर मोटरसाइकल चढेर केही व्यक्ति फरार रहेको भन्ने खबर प्राप्त भएपछि अनुसन्धानमा खटिएको टोलीले ९ जनालाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेहरुमा अछामको बिरपद गाउँपालिका–१ घर भई कीर्तिपुर बस्दै आएका मोहन खड्का, अछाम कमलबजार–१ घर भइ गट्ठाघर बस्दै आएका धु्रवबहादुर विष्ट, बझाङको दुर्गाथली गाउँपालिका–७ घर भइ पुतलीसडक बस्दै आएका उपेन्द्र सिंह, बझाङको खप्तड गाउँपालिका–५ घर भइ मैतीदेवी बस्दै आएका वर्षीय सुदिप गिरी छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij