
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौं । कुटपिट तथा अंगभंग कसुरमा फरार रहेका दुई जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ । काभ्रेका २६ वर्षीय मिलन तामाङ र तेमाल-७ का २८ वर्षीय विजय लामालाई पक्राउ गरिएको एसएसपी सानुराम भट्टराईले जानकारी दिए ।
गत फागुन १७ गते कोटेश्वरस्थित केएलसी क्लबबाहिर राजन बरुवाललाई अंगभंग हुने गरी कुटपिट गरेको आरोप उनीहरूमाथि छ । पक्राउ परेका मध्ये मिलन यसअघि विभिन्न ५ वटा कसुरमा मुद्दा खेपेका व्यक्ती हुन् ।
जुवा सम्बन्धी कसुरमा २०७३ सालमा ललितपुरमा, ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा २०७४ सालमा काठमाडौंमा तथा २०७७ सालमा चोरी तथा डाँका सम्बन्धी कसुरमा काठमाडौंमा प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो ।
उनले दुई पटक अभद्र व्यवहार कसुर पनि खेपेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij