Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं – यार्सागुम्बा टिप्नको लागि डोल्पा गएकी रुकुमपश्चिमको एक युवतीको मृत्यु भएको छ ।
आठविसकोट नगरपालिका ४ गोतामकोट विष्ट गाउँ निवासी २२ वर्षीया जमुना विष्टको सोमबार डोल्पाको काईके गाउँपालिकाको लैनीबगरदेखि माथि डाँडामा पुगेको बेला मृत्यु भएको वडा अध्यक्ष नरसिं विष्टले जानकारी दिए ।
“बाटोमा बिरामी भएपछि यार्सा टिप्न सँगै गएका बहिनी र भिनाजुसँग घर फकिर्दै गर्दा मृत्यु भएको हो”, वडाध्यक्ष विष्टले भने, “शसस्त्र प्रहरी बलको सहयोगमा गत राति शव डोल्पा जिल्ला अस्पताल दुनैमा ल्याइएको थियो ।” अहिले अस्पतालमा पोष्टमार्टम गर्ने तयारी भइरहेको जानकारी दिँदै पोष्टर्माटम पश्चात् शव गोतामकोटमा ल्याइने बताए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij