Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ : पशुपति क्षेत्र विकास कोषले मन्दिर परिसरभित्रका १५४ वटा फूल तथा पूजा सामग्री पसलसँग भाडा सम्झौता नै नगरी हचुवाका भरमा चलाउन दिएको पाइएको छ ।
महालेखापरीक्षकको कार्यालयको ६१औँ वार्षिक प्रतिवेदनमा कुनै पनि सम्झौता नगरी पसल सञ्चालन दिएको र तत्काल भाडा सम्झौता गर्न कोषलाई सुझाव दिइएको छ ।
पूजा सामग्री पसल पशुपति क्षेत्र विकास कोष मन्दिर तथा पूजा व्यवस्था नियमावलीको नियम ८५ (१) मा पशुपतिनाथको क्षेत्रभित्र पूजा सामग्रीको व्यापार गर्न चाहने कुनै व्यक्ति वा संस्थाले कोषबाट अनुमति लिनुपर्ने तथा नियम ८६ अनुसार अनुगमन गर्नुपर्ने व्यवस्था छ ।
तर पशुपति क्षेत्रको वनकाली धर्मशालाअगाडि काठमाडौँ महानगरपालिकाको वडा-८ मा कार्यालयले सञ्चालन गरेको १५४ वटा फूल तथा पूजा सामग्री पसलको भाडा निर्धारण गरी व्यापारीहरूसँग सम्झौता गरेको नदेखिएको प्रतिवेदनमा उल्लेख छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij