Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मधेसमा जनमत पार्टी नेतृत्वको सरकारलाई समर्थन गर्न एकीकृत समाजवादी तयार

मधेसमा जनमत पार्टी नेतृत्वको सरकारलाई समर्थन गर्न एकीकृत समाजवादी तयार

  • काठमाडौं । मधेस प्रदेशमा जनमत पार्टी नेतृत्वको सरकारलाई समर्थन गर्न नेकपा (एकीकृत समाजवादी) पनि तयार भएको छ । पार्टीका सम्मानित नेता झलनाथ खनालले मधेस प्रदेशमा गठबन्धनकै सरकार बन्ने बताए । ‘हामीले फागुन २३ गते नै गठबन्धनमा सामेल हुने निर्णय गरेका छौं ।

    onlinepatrika
    Arghakhachi

    अर्को निर्णय गर्नुपर्ने जरूरत छैन । मधेस प्रदेशमा गठबन्धनकै सरकार बन्छ,’ उनले भने।जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको वर्तमान सरकारबाट बाहिरिँदै नेकपा (एमाले) सहितका दलसँग नयाँ सरकार बनाउने निर्णय भएको एक नेताले बताए । मुख्यमन्त्री सरोजकुमार यादवले बुधवार विश्वासको मत लिने तयारी गरेका छन् ।

    AGNI GROUP

    मुख्यमन्त्री सरोजकुमार यादवले बुधवार विश्वासको मत लिने तयारी गरेका छन् । त्यसअगावै एकीकृत समाजवादी पार्टीले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने तयारी गरेको छ ।‘पार्टीको सचिवालय बैठकले एमाले सहितको गठबन्धनको सरकारमा सहभागी हुन निर्णय गरिसकेको हो ।

    आजै संसदीय दलको बैठक बसेर सरकारलाई दिएको समर्थन फिर्ता लिने र नयाँ गठबन्धनको सरकारमा सहभागी हुने औपचारिक निर्णय गर्न लागेको छ,’ पार्टीका एक सांसदले भने । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीसमेत रहेका संसदीय दलका नेता गोविन्द न्यौपाने, श्रम तथा यातायात मन्त्री बेची लुंगेली, प्रमुख सचेतक कनिस पटेल लगायतका नेताहरू औपचारिक निर्णय गर्न अहिले काठमाडौंबाट जनकपुर आउन लागेका छन् ।

    मुख्यमन्त्री यादवले एकीकृत समाजवादीको निर्णय कुरेर बसेको बताए ।‘भोलि विश्वासको मत लिने वा नलिने एकीकृत समाजवादीको निर्णयमा निर्भर हुन्छ,’ उनले भने । 

    मधेस प्रदेशसमा जसपा सरकार ढालेर जनमतको नेतृत्वमा नयाँ सरकार बनाउन एमाले, माओवादी केन्द्रसहित तीन दलले लिखित सहमति गरिसकेका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij