Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जेठ २८ गते मुख्यमन्त्री यादवले विश्वासको मत लिने

जेठ २८ गते मुख्यमन्त्री यादवले विश्वासको मत लिने

  • काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज भनिएको विश्वासको मत लिने प्रक्रिया जेठ २८ गतेका लागि सारेका छन् ।

    onlinepatrika
    Arghakhachi

    मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिने तयारी गरेका थिए तर, उनको अचानक स्वास्थ्यमा समस्या आएको हुँदा जेठ २८ गते विश्वासको मत लिने भनी प्रदेश सभामा जानकारी गराएका छन् ।

    AGNI GROUP

    जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामआशिष यादवले बुधबार संसदीय दलको बैठकले २८ गते विश्वासको मत लिने निर्णय गरेर प्रदेशसभामा जानकारी गराइएको बताए ।

    एमाले र माओवादी केन्द्रले ३० वैशाखमा सरकारलाई दिएको समर्थन फिर्ता लिएका कारण उनले ३० जेठसम्म विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij