Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बागमती र कोशी प्रदेशमा डेंगुका विरामी बढ्दै 

बागमती र कोशी प्रदेशमा डेंगुका विरामी बढ्दै 

  • काठमाडौँ । बागमती र कोशी प्रदेशमा सबैभन्दा बढी डेंगुका विरामी देखिएको छन्। इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाअन्तर्गत कीटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले सन् २०२४ लागेपछि ७२ जिल्लामा डेंगु फैलिएको र सबैभन्दा बढी डेंगुका विरामी बागमती र कोशी प्रदेशमा रहेका बताए।

    onlinepatrika
    Arghakhachi

    बागमतीमा प्रदेशमा ४२८ जना र कोशी प्रदेशमा २८५ जना डेंगुका विरामी भेटिएका छन्। उनका अनुसार मधेश प्रदेशमा ३४ जना, गण्डकी प्रदेशमा १८८ जना, लुम्बिनी प्रदेशमा १४८ जना, कर्णाली प्रदेशमा १८ जना र सुदूरपश्चिममा १४० जना डेंगुका विरामी रहेका छन्।   

    AGNI GROUP

    जिल्लाअनुसार भने काठमाडौँ र झापामा डेंगुका सबैभन्दा बढी विरामी रहेका छन्। काठमाडौँमा १४१ जना र झापामा ११२ जना विरामी छन्। चितवनमा ७५ जना, मकवानपुरमा ५९ जना, डोटीमा ४७ जना, तनहुँमा ४६ जना, सिन्धुपाल्चोकमा ४४ जना, ओखलढुङ्गामा ४१ जना, रुपन्देहीमा २८ जना र भक्तपुरमा २७ जना डेंगुका विरामी छन्। 

    गत वर्ष डेंगुका विरामीको संख्या ५२ हजार ७९० जना पुगेको थियो। डेंगु हुनबाट जोगिने एकमात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिनु हो। 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij