Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

कैदीबन्दी भेट्न पुगेका २ जना चरेशसहित पक्राउ

कैदीबन्दी भेट्न पुगेका २ जना चरेशसहित पक्राउ

  • काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा चरेशसहित दुई जना पक्राउ परेका छन् । कैदीबन्दी भेट्न पुगेका उनीहरु चरेशसहित पक्राउ परेका हुन्।

    onlinepatrika
    Arghakhachi

    जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार आइतबार साँझ कारागारमा कैदीबन्दी भेट्न पुगेका बुढीगंगा नगरपालिका–५ नुवाघरका २५ वर्षीय प्रेम थापा र २१ वर्षीय लक्ष्मण थापा चरेशसहित पक्राउ परेका हुन् । कारागारमा रहेका आफन्तलाई भेट्न गएका उनीहरुले खाजाका लागि ल्याएको चाउचाउमा लुकाएर ल्याएको अवस्थामा करिब २ दशमलव ५ ग्राम चरेश बरामद गरिएको थियो।

    AGNI GROUP

    चाउचाउको प्याकेट प्वाल पारेर ल्याएको पाइएपछि कारागारमा खटिएका सुरक्षाकर्मीले चेकजाँच गर्दा चरेश भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दिलीपकुमार केसीले बताए। पक्राउ परेका दुबै जनामाथि म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij